हेटौंडा उपमहानगरपालिका ५ स्थित शान्तिनगर जनप्रवाह क्लब भवनमा ५ नम्बर वडा भित्र रहेका क्लबहरुबिच समन्वय समिति गठनसँगै चियापान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको कार्यक्रममा विशाल राज महतको सम्योजकत्वमा सक्रिय क्लबका १–१ प्रतिनिधि गरि ९ सदस्यीय समिति गठन भएको छ । उक्त समितिको सदस्यहरुमा समिर अर्याल, हरि बहादुर कुवर, उमेश महत, बिकास लामीछाने, पूर्णप्रसाद चौलागाई, मनिष गौतम, दिनेश राई, कविर बिक्रम राणा लगायत रहेका छन् ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतको प्रमुख आतिथ्यता र ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जनप्रवाह क्लबका अध्यक्षले क्लबले समाजमा एकताको संदेश दिने र समाजका बिकृती बिसङ्गती ,आर्थिक समस्याहरुसँग एकजुट हुन हौसला दिनुको साथै नंया युवापुस्तालाई शारीरिक , मानसिक , सामाजिकरूपमा जिम्मेवारीपुर्ण नागरिक बनाउनको लागि कार्यक्रमको औचित्यमाथी प्रकाश पारेको थियो । कार्यक्रम शान्तिनगर जनप्रवाह क्लबका अध्यक्ष हरि बहादुर कुवरको सक्रियतामा आयोजना भएको थियो भने जनप्रवाह क्लबका सचिब मिलन सेढाईले कार्यक्रम सञ्चालन गरेका थिए ।