हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुर स्थित रहेको हेटौडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले मंगलबार बिधार्थीहरु बिच अन्तरदेशीय कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई हंगगेरी,ग्रीश , रसिया , अफ्रिका, प्यालेसटाईन,इंडिया लगायतका विभिन्न देशका शिक्षक तथा विद्यार्थीहरुसँग सामाजिक ,आर्थिक , शैक्षिक बिषय वस्तुमा  भर्चुअल माध्यम बाट अन्तरर्क्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रम विद्यालयकी प्राचार्य गौरी देबी चिमरियाको अध्यक्षतामा भएको थियो भने अन्तरक्रिया कार्यक्रमको सहजीकरण प्रशिक्षक विवस जंग थापाले गरेका थिए ।