Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज र भोेली हेटौंडाको ओम्याक्स हलमा तामाङ्ग चलचित्र ‘मि लोभी’ प्रर्दशन हुँदै

Company Register

आजबाट नेपालीहरुको नयाँ वर्ष २०७८ साल सुरु भएको छ । नयाँ वर्षको अवसर पारेर आज र भोलि हेटौंडाको ओम्याक्स सिनेमा हलमा तामाङ कथानक चलचित्र ‘मि लोभी’ प्रर्दशन हुँदैछ । आज ओम्याक्स सिनेमा हलमा चलचित्रको प्रदर्शन औपचारिक कार्यक्रम सहित हुने निर्माता आईसिं घलानले जानकारी दिनुभएको छ । तामाङ चलचित्रका क्षेत्रमा मकवानपुरकै चर्चित निर्देशक तथा कलाकार बाबु थिङको कथा तथा निर्देशनमा चलचित्र निर्माण भएको हो । चलचित्र बिन्दा थिङले निर्देशन गरेका छन् ।

Advertisement

यस अघि ‘रुङ्सी टिला’ चलचित्र निर्माण गरेको ह्याङ्ला मकवानपुर फिल्मस् प्रा।लि।को ब्यानरमा दोस्रो चलचित्रका रुपमा ‘मि लोभी’ बनेको हो । चलचित्रमा नायक ऋतुराज पाख्रिनको पटकथा र संवाद रहेको छ । चलचित्रलाई आइसिं घलानले निर्माण गरेका हुन् । अभिषेक माझीको छायाँकन रहेको चलचित्रमा राजु किराँतको द्वन्द हेर्न सकिन्छ । चलचित्रमा दिपक तामाङको कोरियोग्राफी , सुशिल मोक्तान र रविन कुमार चेपाङको संगीत छ भने गीतका शब्दहरु निर्देशक थिङले नै लेखेका हुन् । चलचित्रको सम्पादन प्रविण ढकालले गरेका हुन् । चलचित्रमा नायिका सुष्मा मोक्तान , बाबु थिङ , सुष्मा थिङ, प्रकाश रुम्बा, सम्झना रुम्बा, बिन्दा थिङ ,सुशिल मुक्तान, बिनोद तामाङ, राधिका स्याङ्तान, राजकुमार स्याङ्तान, आईसिं घलान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...