काठमाडौँ — निकै चर्चा कमाएको फिल्म ‘जारी’ को सिक्वेल पनि यही वर्ष प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको ‘जारी २’ लाई असोज ३ मा प्रदर्शनमा ल्याउने तयारी थालेको छ।

निर्माण टिमले फिल्मका तीन पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो। ‘जारी-२: सङ अफ च्याब्रुङ’ उल्लेख गरिएको पोस्टरमा अभिनेत्री मिरुना मगरदेखि दयाहाङ राई, बुद्धि तामाङ र बिजय बराल पनि देखिएका छन्।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता, निर्देशक रामबाबु गुरुङ हुन्। फिल्ममा अन्य कलाकार ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ।

‘जारी’ २०८० को ब्लकबस्टर फिल्म हो। नेपाली बक्स अफिसमा यसले १७ करोडभन्दा माथिको व्यापार गरेको थियो।