Menu

दुर्घटनामा नायिका महिमा सिलवालको मृत्यु

धादिङको गजुरीमा बुधबार साँझ भएको सडक दुर्घटनामा नायिका महिमा सिलवालको मृत्यु भएको छ। भैरहवाबाट काठमाडौं जाँदै गरेको लु२ख १३५ नम्बरको बसले उनको बा ९८ प ७०५८ नम्बरको स्कुटीलाई ठक्कर दिँदा उनको ज्यान गएको हो।

प्रहरीका अनुसार महिमासँगै स्कुटीमा सवार बहिनी शर्मिलाको पनि मृत्यु भएको छ। उनीहरु काठमाडौंबाट चितवन जाँदै थिइन्। 

फिल्म ‘कारबाही’ बाट अभिनय यात्रा सुरु गरेकी सिलवालले ‘अप्रिलफुल’, ‘सुब्बा साव’ लगायत १५ बढी फिल्ममा अभिनय गरेकी महिमा म्युजिक भिडियोमा पनि चिनिएको नाम हो। उनी चितवनको भरतपूर महानगर १२ की स्थायी वासिन्दा हुन्।

उनीहरुको शव गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ। बसको चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad