Comments Add Comment

“नाका”गीतको भिडियो सार्वजनिक

गायक तथा निर्देशक गौरब गिरी तथा बिगत डेढ दशकदेखि साङगीतिक क्षेत्रमा रहेका गायक, संगीतकार, संगीत संयोजक(एरेन्जर) तथा भ्वाइस अफ नेपाल सिजन २ बाट चर्चा कमाउन सफल गायक बिनय कार्कीको फिचरिङ्गमा “नाका”बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
अहिले लकडाउनको समयले गर्दा दैनिकी जीवन उसै पिडादायक भएको छ त्यो माथि आफ्नै देशको नाका भित्र भएको कालापानी-लिपुलेकलाई भारतले आफ्नो भनेर हामी नेपालीको स्वाभिमानमा अझै चोट परेको छ । न बाहिर निस्किन सक्छौ न केही गर्न सक्छौ जस्ता बिषयलाई लिएर सम्पूर्ण नेपालीको भावनालाई जोडी तयार पारिएको गीत “नाका” तयार पारिएको कुरा गायक कार्किले जानकारी गराए ।

प्रस्तुत गीतको सङ्गीत संयोजन गायक, संगीतकार तथा एरेन्जर बिनय कार्किले गरेका हुन । लकडाउन पालना गरी निश्चित सामाजिक दुरी कयम गरी निकै राम्रोसंग भिडियो तयारी पारिएको छ । भिडियोलाई गायक गौरब गिरिले निर्देशन गरेका छन ।

प्रस्तुत गीतको भिडीयोमा अशोक केसि, चक्र बम, शिशिर नाथ, सुबाश तिमल्सिना, कृष्ण धनुक, राजु लामा, सन्दिप शाह, आर.के.परियारको अभिनय रहेको छ भने अर्जुन पोखरेलको भिडियो सम्पादन रहेको छ ।

गीत तथा भिडियोको सम्पूर्ण कार्य स्टुडियो र अडियो आरोही ईन्टरटेनमेन्ट बाट गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर