Comments Add Comment

‘चपली हाइट ३’को टिजर सार्वजनिक

निकेश खड्काको निर्देशनमा बनेको चलचित्र ‘चपली हाइट ३’को टिजर सार्वजनिक भएको छ । यही चैत्र २८ अर्थात् नयाँ वर्षको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको टिजर शुक्रवार सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरले चलचित्र थ्रिलर र सस्पेन्स युक्त भएको प्रस्ट पार्छ । टिजरमा चलचित्रका मुख्य कलाकार सबैलाई स्थान दिइएको छ भने अभिनेता अर्पण थापाको नेगेटिभ भूमिका निकै रोचक हुने अनुमान लगाउन मद्दत गर्छ । टिजरले चलचित्रप्रति थप कौतुहलता थपिदिएको छ । केही समय पहिले चलचित्रको पहिलो गीत ‘चार आनाको मसला’ सार्वजनिक भैसकेको छ । जसलाई दर्शकले निकै मन पराइरहेका छन् ।  ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको चलचित्र अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको हो । चलचित्रलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् । यस चलचित्रको पहिलो भागले दर्शकको मन जितेको थियो भने तेस्रो शृङ्खलासम्म आइपुग्दा पनि दर्शकले पहिलो भागको धङधङी बिर्सेका छैनन् । यसैले चलचित्र निकै प्रतीक्षित बनेको छ ।  

https://youtu.be/ZMmNPIWAU6g

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर