Comments Add Comment

आज २०७६ फागुन २६ गते सोमवारको राशिफल हेर्नुहोस्

आजको पञ्चाङ्ग

बि.सं. २०७६ फागुन २६ गते सोमवारइ.सं. 2020 March 09 । शक संवत १९४१ । नेपाल संवत ११४० चिल्लाथ्व । परिधावीउत्तरायण शिशिर सोमवार फाल्गुण शुक्लपक्षतिथि पूर्णिमा , २३:५३ बजे उप्रान्त प्रतिपदा। नक्षत्र पूर्वफाल्गुनी , २६:०१ बजे उप्रान्त उत्तरफाल्गुनी। योग धृति , १७:२३ बजे उप्रान्त शूल । करण भद्रा १३:०१ बजेदेखि वव , २३:५३ बजे उप्रान्त तैतिल। चन्द्रराशि सिंह । आनन्दादी योग ध्वज । दिनमान २९।२६ । सूर्योदय ६:२२ । सूर्यास्त १८:०८ । पूर्णिमा व्रत। मन्वादि। फागु पूर्णिमा। रात्रि चीरदाह गर्ने। पहाडी जिल्लामा होलीपर्व। होली पुन्ही। थकालीहरूको तोरन्ल पर्व।।

तपाइको आजको  राशीफल                            

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )
आज जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागीता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
योजना कार्यान्यनमा ढिलाइ गर्नाले आफैंपछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने वा नष्ट होला । साँझमा पैशा खर्च हुने योगछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । कुविचारमा मन जाना सक्छ । तर बेलुकीपख गरेको कार्यबाट फाइदा लिन सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
आज शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनात्मक कार्यमा संलग्न भाईनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग रमाईलो भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक कार्यमा सहभागिताको अवसर जुट्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटेको र ताकेकोकार्य पुरा होला । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । विशिष्ट व्यक्तिको सहयोगपनि पाईनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
भ्रमण खानपान तथा फेसनमा धन खर्च हुनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । अरुको भर पर्दा धोका पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा मन बरालिनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर