Comments Add Comment

आज २०७७ कार्तिक ०८ गते शनिवारको राशिफल

आजको पञ्चाङ्ग

बि.सं. २०७७ कार्तिक ०८ शनिवार। इ.सं. 24 October 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० कौलाथ्व । प्रमादीदक्षिणायनशरद ऋृतुआश्विन शुक्लपक्षतिथि अष्टमी , ११:२९ बजे उप्रान्त नवमी नक्षत्र उत्तराषाढा , ०६:५० बजे उप्रान्त श्रवण योग धृति ०७:१९ बजेदेखि शूल , २९:५५ बजे उप्रान्त वृद्धि करण वव ११:२९ बजेदेखि वालव , २३:१९ बजे उप्रान्त गर चन्द्रराशि मकर । आनन्दादी योग चर । दिनमान २८ घडी ०६ पला । सूर्योदय ०६:१० बजे । सूर्यास्त बेलुका १७:२४

शारदीय नवरात्र। अष्टमी, महाअष्टमी व्रत। कालरात्रि। गोरखकाली पूजा (कुलछिभ्वय)। सर्वार्थसिद्धि योग ६:५० बजेपछि। संयुक्त राष्ट्रसंघ दिवस।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आँटेको र ताकेकोकार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला । नयाँ कर्यको सुरुवात गर्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मानसिक चिन्ता वढ्नेछ । दाम्पत्य जीवनमा मतभेद भएपनि मायाँ एवं समझदारीको भने कायम रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । महिला वा मित्रबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीरपनि स्वस्थ रहनेछ । प्यारोसाथी संग भेट होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आकस्मिक धन लाभ हुने र मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागीता भइएला । नयाँ कार्यको पप्रारम्भ गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समयछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज नयाँ र शुभ समाचार सुन्न पाइएला । प्यारोसाथी संग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सम्पत्ती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केहि धनखर्च बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर