सिंगापुरमा स्वास्थ्य उपचार गराइराखेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया बुधबार सकिने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्लाजा फेरेसिस प्रक्रियाबाट मृगौला सम्बन्धी एन्टीबडीलाई निवारण गर्नेगरी उपचार जारी रहेको जानकारी दिए।
अर्यालले आइतबार ट्वीट गर्दै लेखेका छन्, ‘सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टीबडीलाई निराकरण गर्ने उपचार जारी छ। प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ।’ अर्यालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ।