स्यानेटरी प्याड दिएपछि छात्राहरु नियमित विद्यालय

Company Register

विद्यालयमा अध्ययनरत छात्राको लागि सुनापति गाउँपालिकाको स्वास्थ्य शाखाले विद्यालयमा निःशूल्क स्यानेटरी प्याड वितरण गरेको हो । गाउँपालिकाले विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गरेको छ । महिनावारी भएको बेलामा पनि छात्रालाई नियमित विद्यालय आउने वातावरण बनाउन निःशुल्क स्यानेटरी प्याड प्रदान गरेको गाँउपालिकाका अध्यक्षले जानकारी दिए । महिनावारी भएका छात्रालाई विद्यालय नियमित गराउँनको लागि निःशुल्क स्यानेटरी प्याड प्रदान गरिएको सुनापति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अर्जुन श्रेष्ठले जानकारी दिए । महिनावारी भएको अवस्थामा छात्रा विद्यालय नआउँदा पढाइमा बाधा पुगेकाले नियमित विद्यालय आउने वातावरण बनाउन स्यानेटरी प्याड वितरण गरिएको उनको भनाई छ । विद्यालयमै स्यानेटरी प्याडको व्यवस्था भएपछि छात्रा महिनावारी भएको समयमा पनि नियमित विद्यालय आउँने गरेको पशुपति माध्यमिक विद्यालय हिलेदेविकी शिक्षक सुजता मोक्तानले बताइन ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...