पेट्रोलियम पाइपलाइन अनुगमन

अनलाइन पत्र संवाददाता२०७६-०३-१९ No Comments

बारा । उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित समितिका १२ जना संसदीय टोलीले मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाइनको अध्ययन अनुगमन गरेको छ ।

राष्ट्रिय गौरवका आयोजना मध्येको मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाइन निर्माणको कामको २ दिने अनुगमनका लागि आएका संसदीय टोलीले बिहीबार नेपालमा पर्ने पाइपलाइनको बारेमा अध्ययन गरेको हो ।

टोलीले बिहिवार नेपाल भित्र रहेको ३६.२ किलोमिटर र दोस्रो दिन शुक्रवार भारत तर्फको ३३.७ किलो मिटर क्षेत्रमा निर्माण भइरहेको पाइपलाइनको अवस्थाको अध्ययन अवलोकन गर्ने छ ।

अवलोकनको क्रममा बाराको अम्लेखगञ्जको नेपाल आयल नियममा आएको संसदीय टोलीले दुई दिनको अध्ययन अवलोकन पछि सरकार र आयल निगमलाई पेट्रोलियम पाइपलाइन निर्माण अवस्थाबारे प्रतिवेदन बुझाउने टोलीका संयोजक विमलप्रसाद श्रीवास्तवले जानकारी दिनुभयो ।

२०७५ बैशाख ४ गतेदेखि पाइप गाड्ने काम शुरु गरेको यस योजनाको पाइपलाइन गाड्ने काम सकिएको र अन्य प्राविधिक काम चलिरहेको नेपाल आयल निगमका निर्देशक विरेन्द्र गोइतले जानकारी दिनुभएको छ । उहाँले पाइपलाइनको सुरक्षा मुख्य चुनौती विषय रहेको बताउँदै सुरक्षा जिम्मेवारी बारे छलफल भइरहेको र संभवतः नेपाली सेनालाई दिने सम्भावना रहेको बताउनुभयो ।

निर्माणाधिन पेट्रोलियम पाइपलाइनबाट तत्काल डिजेल मात्र ल्याइने र विस्तारै मट्टितेल र पेट्रोलको भण्डारण ट्याङ्क निर्माण भए पश्चात मट्टितेल र पेट्रोलपनि आयात हुने योजना आयल निगमले जनाएको छ ।

By अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Chat Icon
Ad
Ad