Comments Add Comment

सरिता गिरीलाई सांसद र पार्टीबाट हटाइयो

समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टी तथा संसदबाट पदमुक्त गरिएको छ ।

आज बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले बताए ।

नेपालले जारी गरेको नयाँ नक्साप्रति उनले फरक मत राखेकी थिइन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

गिरीलाई पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेकी थिइन् ।

पार्टीले उनलाई कारवाही गर्न ३ सदस्यीय टोली गठन गरेको थियो ।

उक्त कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेसँगै उनलाई सांसद पदबाट बर्खास्त तथा पार्टीबाट साधारण सदस्य नरहने गरी हटाउँने निर्णय गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर