मकवानपुरगढी–५ का युवाहरु गाउँ सरसफाई गर्ने अभियानमा लागेका छन् । युवाहरु उर्वर समाज मकवानपुरगढी गठन गरी अभियानमा लागेका छन् । ‘आफ्नो गाउँ आफैं बनाउँ’ भन्ने सोचका साथ गढी–५ भालुखोलाका युवाहरु संगठित भएका हुन् । अभियान अन्तर्गत् उर्वर समाजमा आवद्ध युवाहरुले मंगलबार गाँउटोल सरसफाई गर्नुका साथै मन्दिरमा रंग समेत लगाएका छन् । कोरोनाको महामारीले बेरोजगार बढेको भन्दै उत्पादन क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले युवाहरु संगठित भएको अध्यक्ष सचितानन्द बञ्जाराले बताए ।

समाजको उपाध्यक्षमा विवेक चौलागाईं, सचिवमा उज्वल अधिकारी, सहसचिवमा सुनिल आचार्य, कोषाध्यक्षमा सन्तोष न्यौपाने तथा सदस्यहरुमा उपार्जन पराजुली, सुरज घिमिरे, सन्तोष अधिकारी, शिव तिमल्सिना, तीतस मल्ल ठकुरी र अभिषेकराज न्यौपाने चयन भएका छन् ।