Comments Add Comment

१५ वर्षिया रेजिना थिङ रेडियो थाहासञ्चार हेटौंडाको स्टेशन म्यानेजर बनिन्

१५ वर्षिया रेजिना थिङ रेडियो थाहासञ्चार हेटौंडाको स्टेशन म्यानेजर बनेकी छन् । अन्र्तराष्ट्रिय बालिका दिवसको अवसरमा नेतृत्वमा बालिकाको पहुँच बढाउने उद्वेश्यले थिङ एक घण्टाको लागि रेडियो थाहासञ्चार हेटौंडाको स्टेशन म्यानेजर बनेकी हुन् ।

दिवसको अवसरमा ग्रामिण महिला सेवा केन्द्र मकवानपुरले गल्र्स टेकओभर कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही कार्यक्रमअन्तर्गत आज थिङलाई एक घण्टाको लागि रेडियोको स्टेशन म्यानेजर पद हस्तान्तरण गरिएको हो । रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीले थिङलाई पद हस्तान्तरण गरेका हुन् । थिङ हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १५ रातोमाटेकी हुन् । उनि अहिले रातोमाटेमा रहेको जनजागृति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छिन् ।

पद ग्रहण पश्चात थिङ्गले रेडियो कार्यक्रम पनि उत्पादन गरेकी छन् उक्त कार्यक्रम मकवानपुर जिल्लाको विभिन्न रेडियो स्टेशनहरुबाट प्रशारण हुने ग्रामिण महिला सेवा केन्द्रका सञ्चार सहजकर्ता अमिर दाहालले जानकारी दिए । पद हस्तान्तरण पश्चात ग्रामिण महिला सेवा केन्द्र मकवानपुरकी उपाध्यक्ष लक्ष्मि मोक्तानको सभाध्यक्षता तथा रेडियोको स्टेशन म्यानेजर अधिकारीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम भएको थियो ।

कार्यक्रममा राष्ट्रिय बाल अधिकार संरक्षण सञ्जालका केन्द्रिय अध्यक्ष प्रकाश खतिवडा, ग्रामिण महिला सेवा केन्द्र मकवानपुरका कार्यक्रम संयोजक दीपक न्यौपाने लगायतले बालिकालाई नेतृत्वमा अगाडि ल्याउन सञ्चार माध्यमले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताएका थिए ।   कार्यक्रममा ग्रामिण महिला सेवा केन्द्र मकवानपुरका सञ्चार सहजकर्ता अमिर दाहाल लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर