मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधि मकवानपुरगढी गाउँपालिकाले हात पारेको छ । बुधबार भएको फाईनल खेलमा मकवानपुरगढीले बकैयालाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । उपाधि जितेसँगै मकवानपुरगढीले नगद ५० हजार सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता बन्दै बकैयाले नगद ३० हजार सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

मकवानपुरगढीले बकैयालाई २५–१५, २५–१९ र २५–१३ को सोझो सेटमा पराजित गर्दै उापधि हात पारेको हो । प्रतियोगिताको उत्कृष्ट खेलाडी मकवानपुरगढीकी सुस्मिता योञ्जन घोषित हुँदा मकवानपुरगढीकै सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर, रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन घोषित हुँदा उदीयमान खेलाडीको रुपमा मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दिपिका कार्की उदीयमान खेलाडी घोषित भएका छन् । विजेता र उपविजेतालाई हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।