२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईईं) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार मंगलबार एक सुचना जारी गर्दै नतिजा आज बुधबार सार्वजनिक गर्ने तयारी गरेको बताएको छ । यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ । नतिजा सार्वजनिक भएको एक–दुई हप्तामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र अर्थात मार्कसिट पुग्नेछ । यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवै तर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो । एसईई नतिजालाई परीक्षार्थीको प्राप्ताङ्कअनुसार आठवटा ग्रेड निर्धारण गरिनेछ ।