हेटौंडा उपमहानगरपालिका वडा नंम्बर –७ स्थित नागस्वतीमा बडा दशैंको अवसरमा जारी फुटबल प्रतियोगितामा आज बुधबार पनि दुई खेल भएको छ । जारी प्रतियोगितामा आज बुधबार भएकोको पहिलो खेलमा न्यु चिसापानी टोल फुटबल क्लव विजयी भएको छ । अग्राठे टोल फुटबल क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै न्यु चिसापानी विजयी भएको हो । खेलको म्यान अफ द म्याच चिसापानीका रोजन दोङ भएका छन् ।

No description available.

त्यस्तै आज भएको दोस्रो खेलमा जागरण टोल फुटबल क्लवले जित निकालिइएको छ । वनदेवी टोल फुटबल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै जागरण टोल विजयी भएको हो । उक्त खेलको म्यान अफ द म्याच जागरणका निरज चौलागाँई भएका छन् । प्रतियोगितामा भोली बिहिबार पनि दुई खेल हुने भएको छ । बिहिबार दिउँसो २ बजे हुने पहिलो खेलमा ७ नंम्बर भेट्रान्स र नर्मल मुस्कान बिच खेल हुनेछन् भने दोस्रो खेल दिउँसो ४ बजे हरियाली र नवज्योति भिड्ने सञ्चार संयोजक गोकुल अधिकारीले जानकारी दिए ।

प्रतियोगिताको प्रथम हुने टिमले ४५ किलोको खसि ,मेडल, शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन भने दित्तिय हुने टिमले ३५ किलोको खसि,मेडल ,शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडि ,अनुशासित टिम,सर्वाधिक गोल कर्ता र हरेक खेलको म्यान अफ द म्याच लाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाइएको छ । प्रतियोगिताको फाइनल खेल २३ गते हुने भनिए पनि मिति परिवर्तन गरेर २५ गते हुने जनाएको छ ।