Breaking
4 Dec 2024, Wed

ग्यासको भाउ घट्याे, अब प्रतिसिलिण्डर १३ सय ७५ रुपैयाँ

नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको भाउ घटाएको छ। निगमले मंगलबार प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार घटेको नयाँ मूल्य आज मध्यराति १२ बजेबाट लागू हुनेछ। अब ग्यासको भाउ प्रतिसिलिण्डर १ हजार ३ सय ७५ रुपैयाँ भएको छ।

मध्यरात १२ बजेसम्म भने प्रतिसिलिण्डर १ हजार ४ सय रुपैयाँमा किनबेच हुनेछ।

त्यस्तै पेट्रोल प्रतिलिटर एक रुपैया तथा डिजेल र मट्टितेलमा ५०/५० पैसा घटाउने निर्णय गरेको छ। हवाई इन्धनको मूल्य भने यथावत रहेको छ।

अब पेट्रोल प्रतिलिटर १ सय ९ रुपैया तथा डिलेज र मट्टितेल प्रतिलिटर ९७ रुपैया कायम भएको छ।

इण्डियन आयल कर्पोरेसन (आइओस)ले नयाँ मूल्य सूचीअनुसार निगमले ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो।

Ad
Ad