Menu

पसल चोरी गर्ने मकवानपुरगढीका श्याम पक्राउ

हेटौडा उप–महानगरपालिका वडा नम्बर २ कान्तिराजपथमा हरी प्रसाद खतिवडाको पसल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । खतिवडाले संचालन गरेको एच पि सप्लायर्स बाट नगद र सरसामान समेत चोरी गर्ने मकवानपुर गढी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ३१ को श्याम थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भटराईले बताए ।

चोरी भएको रकम १८ हजार ८ सय ४५ रुपैयाँ उनको साथबाट फेला पारी आवश्यक कारवाही भईरहेको प्रहरीले जनाएको छ । पसल चोरी भएपछी मानिसको खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले  हेटौंडा १० बसपार्कबाट पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad