लायन्स र लियोको संयुक्त पदस्थापना हुने

अनलाइन पत्र संवाददाता२०७६ साउन २१ No Comments

मकवानपुरका सम्पूर्ण लायन्स क्लवहरुको संयुक्त पदास्थापन कार्यक्रम आगामी साउन २५ गते हुने भएको छ । लायन्स क्लव अफ इन्टरनेशनल एरिया टु अन्तर्गत वि टु ३२५ मा आवद्ध मकवानपुरका २३ वटा लायन्स क्लव र ११ वटा लियो क्लवको संयुक्त पदास्थापन कार्यक्रम गरिन लागिएको लायन्स ईन्टरनेशनल ३२५ बि टु का एरिया टु अन्तर्गत रिजन थर्टीन तथा संयुक्त पदस्थापन कार्यक्रमका संयोजक अंकिता सुमार्गीले बताईन्, । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमबारे जानकारी दिइएको थियो ।

यस वर्षबाट क्लवहरुलाई व्यवस्थित बनाउन संयुक्त रुपमा पदास्थापन कार्यक्रम गरिन लागिएको लायन्स ईन्टरनेशनल ३२५ बि टु का एरिया को चिफ टासी डोल्मा तुम्बाहाम्फेले बताईन्, । यो पटकको संयुक्त पदस्थापन कार्यक्रममा मकवानपुरमा २०१९-२० का लागी निर्वाचित अध्यक्षहरुलाई पदस्थापन गराउने, २ वटा नयाँ लायन्स क्लव र ३ वटा लियो क्लवको परिचयात्मक कार्यक्रम समेत रहेको संयोजक सुमार्गीले बताईन्, । कार्यक्रममा ५ सय जना लायन्स तथा लियोकर्मीहरुको सहभागितामा हेटौंडा ५ पुजा व्याङ्केटमा कार्यक्रम हुने जनाइएको छ ।

Unique News

Ad
Ad