न्यु मिडिया एकेडेमी प्रालिद्वारा आयोजित तेस्रो तथा चौथो ‘हेटौंडा जर्नालिजम अवार्ड’ सम्पन्न भएको छ । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ५ स्थित रिगल हेटौंडा रिसोर्टमा अवार्ड वितरणको कार्यक्रमको आयोजना गर्दै १३ वटा विधामा मकवानपुरका पत्रकारहरुलाई तेस्रो तथा चौथो हेटौंडा जर्नालिजम अवार्ड प्रदान गरेका छन् । एकेडेमीले अवार्ड कार्यक्रममा ७ जना अग्रज पत्रकारलाई सम्मान समेत गरेका छन् ।

अवार्ड कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टको प्रमुख आतिथ्यता तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काको विशिष्ट आतिथ्यता रहेको थियो । अवार्ड पाउने पत्रकारहरु यस प्रकार छन् ।

उत्कृष्ट नवप्रवेसी पत्रकारीता अवार्ड —२०७९ महिला तर्फ निसा गुरुङ
उत्कृष्ट नवप्रवेसी पत्रकारीता अवार्ड —२०७९ पुरुष तर्फ सुमन दाहाल
उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड —२०७९ बाट गणेश दुलाल
उत्कृष्ट रेडियो पत्रकारीता अवार्ड —२०७९ बाट सम्झना रिजाल
उत्कृष्ट कला पत्रकारीता अवार्ड —२०७९ बाट कपिल खड्का
उत्कृष्ट बर्ष पत्रकारिता अवार्ड —२०७९ पुरुष तर्फ देवराज पन्त
उत्कृष्ट बर्ष पत्रकारिता अवार्ड —२०७९ महिला तर्फ सृजना नेपाल
उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड —२०७९ बाट गणेश दर्पण अधिकारी
आर्थिक पत्रकारिता बर्ष अवार्ड(२०७९ बाट सुदिप शिवाकोटी
उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड —२०७९ बाट अमृत चिमरीया
उत्कृष्ट सम्पादक वर्ष अवार्ड —२०७९ बाट शिवकुमार रिजाल काशी
उत्कृष्ट क्रियाशील पत्रकारिता वर्ष अवार्ड —२०७९बाट सुनिल शिवाकोटी
उत्कृष्ट टेलिभिजन पत्रकारिता बर्ष अवार्ड–२०७९ बाट बालकृष्ण अधिकारी