Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

प्रदेश २ को बजेट सर्वसम्मत पारित

Company Register

प्रदेश नम्बर २ को बजेट सर्वसम्मत पारित भएको छ । प्रक्रिया छोट्याएर मङ्गलबार प्रदेशसभाबाट बजेट सर्वसम्मतिले पारित भएको हो । आर्थिक वर्ष २०७८र७९ का लागि असार १ गते प्रदेश सरकारले रु ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको थियो । तीमध्ये चालूतर्फ रु १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६।२६ प्रतिशत, पूँजीगततर्फ रु १८ अर्ब पाँच करोड ८० लाख ८३ हजार अर्थात ५३।४४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु १० करोड अर्थात ०।३० प्रतिशत छुट्याइएको छ ।

Advertisement

असारभित्रै बजेट पारित गर्नुपर्ने बाध्यताका कारण सरकारले प्रक्रिया छोट्याएर बजेट पारित गरिएको हो । मन्त्रालयको बजेट र अबन्डा रकमबारे विपक्षी दलले विरोध गरेपछि मुख्यमन्त्री लालबाबु राउतले दुई दिन सहमतिका लागि प्रयास गर्नुभएको थियोे तर आज मन्त्रालयगत छलफल नगरेरै र मन्त्रीहरूलाई जवाफको समयसमेत नदिएर बजेट पारित गरिएको हो ।प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले समय अभाव राजनीतिक अवस्थाले बजेटमा त्रुटि र कमीकमजोरी भएको स्वीकार गर्दैे बजेटमा भएको त्रुटि मन्त्रिपरिषदबाट रेड बुक ९बजेट पुस्तिका० सच्याउने प्रतिबद्धता जनाएपछि बजेट पारित भएको हो ।उनले बजेट पुस्तिकामा रहेको अबन्डा सत्ता पक्ष र विपक्षका सदस्यलाई समावेशी रूपमा पारदर्शी तवरले उपलब्ध गराउने बताए । अर्थमन्त्री विजय यादवले पनि बजेटको त्रुटि सच्याउने आश्वासन दिएका थिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...