Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शिक्षालाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह

Company Register

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेस शिक्षा विभागले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेको छ । विभागका प्रमुख हरिप्रसाद नेपालका अध्यक्षतामा बुधबार बसेको बैठकले प्रधानमन्त्री तथा पार्टी सभापतिसमेत रहेका देउवालाई बधाई दिँदै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

Advertisement

बैठकले शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दिगो आर्थिक विकासको लक्ष्य, सुशासन र समृद्धितर्फ मुलुक अगाडि बढ्न नसक्ने तथा शिक्षा नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषयसमेत भएको नित्कर्षका साथ शिक्षा मन्त्रालयको जिम्मेवारी कांग्रेसले लिनुपर्ने निर्णय गरेको विभागका सचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...