Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरगढी–५ मा ३ वर्षीय बालिका सहित ६ जनामा कोरोना संक्रमण पुष्टि

Company Register

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ मा एकैदिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मकवानपुरगढी –३ मक्रान्चुलीमा रहेको अस्थायी कोभिड अस्पतालमा स्वाब परिक्षण गरिएकोमा वडा –५ का मात्रै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेमा ३ , २९ र ६० वर्षका ३ जना महिला र ४४ , ३० र १८ वर्षका ३ जना पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिए । सोमबार मात्र मकवानपुरगढीका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको लामिछानेले जानकारी दिए ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...