तामाङ पत्रकार संघ मकवानपुरले २८ औं तामाङ प्रसारण दिवस मनाएका छन् । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा “तामाङ पत्रकारहरुको अवस्था, अवसर र चुनौती विषयक अन्तरक्रिया तथा जनप्रतिनिधि सम्मान” कार्यक्रम आयोजना गर्दै संघले तामाङ प्रसारण दिवस मनाएको हो । तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा प्रसारण दिवस मनाएका हुन् ।

May be an image of 4 people, people sitting and people standing

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख घलानले तामाङ भाषा, संस्कृतिको ह्रस हुँदै गइरहेको चिन्ता व्यक्त गर्नुभयो । सबै पालिकाहरुसँग समन्वय गरी भाषा र संस्कृति सरक्षणमा जोड दिनुका साथै तामाङ पत्रकारहरुको हितमा सहयोग गरिने प्रमुख घलानले प्रतिबद्वता व्यक्त गरे । यसैगरी कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले तामाङ समुदायको बाहुल्यता भएको स्थानमा तामाङ भाषा र संस्कृतिलाई जोड दिनु पर्ने बताईन् । उपमहानगरले तामाङ संग्राहलय निर्माणका विषयमा विभिन्न व्यक्तित्वहरुसँग छलफल भइरहेको मेयर लामाले बताईन् ।

May be an image of 7 people, people sitting and people standing

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, अग्रज पत्रकार रामकुमार एलन, पोष्टराज कुमार अधिकारी लगायतले “तामाङ पत्रकारहरुको अवस्था, अवसर र चुनौतीका विषयमा धारणा राखेका थिए । संघले प्रशारण दिवसको अवसरमा मकवानपुरको दश वटै स्थानीय तहका प्रमुख र उपप्रमुखहरुलाई सम्मान गरिएका छन् । कार्यक्रमकाबीच संघले पछिल्लो समय मकवानपुरमा रहेर पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएकी पत्रकार जमुना थिङलाई नगद सहित सम्मान गरिएको छ । थिङलाई उदयमान तामाङ पत्रकार–२०७९ बाट सम्मान गरिएको तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मुक्तानले जानकारी दिए ।

May be an image of 5 people, people sitting and people standing

कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेशका अध्यक्ष लिला कुमार घलान, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान लगायत मकवानपुरका सबै जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।