हेटौंडाकी चेली सुमियन पाख्रिन नेपालको चर्चित सिङ्गिङ रियालिटी शो नेपाल आईडल सिजन ४ को टप ६ मा प्रवेश गरेकी छिन् । एपिवन टेलिभिजनबाट हप्ताको बिहिबार र शुक्रबार प्रशारण हुँदै आइरहेको रियालिटी शो मा बिहिबारको ईलिमिनेशन डे मार्फत उनि सुरक्षित हुँदै टप ६ मा प्रवेश गरेकी हुन् ।

सुमियन यो हप्ता पनि बटम ४ मा परेता पनि उनि सुरक्षित भई टप ६ मा प्रवेश गरेकी हुन् । उनले टप ५ मा पु¥र्याईदिन दर्शक माझ भोटको अपिल गरेकी छिन् । भोटिङ लाईन शुक्रबारको प्रस्तुतीपछि सोमबार मध्यान्ह् १२ बजेसम्म खुल्ला हुने छ ।

भोट गर्नका लागि एनटिसी , एनसेल र स्मार्ट फोनबाट मोबाईलको एसएमएस बक्समा गई ११ टाईप गरी ३७००० मा अनि सेलपे एप डाउनलोड गरी भोट गर्न सकिनेछ भने देश बाहिरबाट सृष्टी एप डाउनलोड गरी भोट गर्न सकिनेछ । टप ७ बाट बेनिशा पौडेल बाहिरिएकी छिन् ।