Comments Add Comment

उत्कृष्ट खेलसँगै माल्दिभ्समाथि नेपालको शानदार जित

२० वर्षमुनिको साफ च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगितामा उत्कृष्ट खेलसँगै माल्दिभ्समाथि नेपालले शानदार जित निकालिएको छ । भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको हो ।

नेपालले खेलको ४२ औँ, ५७ औँ, ६१ औँ र ९४ औँ मिनेटमा गोल गर्दै शानदार जित हासिल गरेको छ । च्याम्पियनशिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता छ । नेपालले अर्को खेलमा बुधबार श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै भारतसँग आउँदो आइतवार र अन्तिम खेलमा बङ्गलादेशसँग आउँदो मङ्गलवार खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर