काठमाडौं। दुई दशकदेखि अस्ट्रेलियामा बस्दै आएका गायक रमण रेग्मीले आफ्नो नयाँ म्युजिक भिडियो ‘बिछोडको घाउ’ सार्वजनिक गरेका छन्। प्रेम, प्राप्ति, र बिछोडको कथालाई समेटिएको यो गीतमा रमणकै शब्द, किरण कँडेलको संगीत र एरेन्ज रहेको छ। म्युजिक भिडियोमा केशवराज भट्ट, शिल्पा पोखरेल, र अर्जुन खड्का फिचर्ड छन्। केशवराज भट्टकै निर्देशन र कोरियोग्राफीमा बनेको यस भिडियोले त्रिकोणात्मक प्रेम कथा र प्रेम वियोगको भाव प्रस्तुत गरेको छ। भिडियोमा, अत्यधिक माया गर्ने प्रेमीलाई धोका दिएर एक धनाढ्य प्रेमी रोज्ने शिल्पाको कथा देखाइएको छ। भिडियोको छायांकन विशाल थापा र नरेश ऐरले गरेका हुन् भने सम्पादन र रंग संयोजन राकेश दाहालले गरेका छन्।

गायक रेग्मीले यसअघि ‘घर त लगनखेल’को रिमेक भर्सन, ‘मुखै चिलाउनी’, ‘खुला जमिन’, ‘मेसो पा छैन’, ‘हामी जनतालाई धेरै गाह्रो छ’, र ‘नेपालै जाऊँ–जाऊँ लाग्छ’ जस्ता गीत ल्याइसकेका छन्। उनले आफू सुगम संगीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा आएको र आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएको बताएका छन्। ‘बिछोडको घाउ’ गीत लेख्दा र गाउँदा आफूले बेग्लै किसिमको आनन्द र सन्तुष्टि महसुस गरेको गायक रेग्मीको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू