काठमाडौं: चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक भएको छ। भोजपुरी शैलीमा रहेको यो गीतमा प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको स्वर, शब्द र संगीत रहेको छ। गीतमा संगीत संयोजन विषम आचार्यले गरेका छन्।

गीतको भिडियोमा आइटम डान्सर जुना सुन्दासले नृत्य गरेकी छन्। युवायुवतीको प्रेम भावलाई प्रस्तुत गरिएको यो गीतमा भोजपुरी लवज र नृत्यशैली प्रयोग गरिए पनि भाषा भने नेपाली नै रहेको छ। यसको कोरियोग्राफी रोहन विश्वकर्माले गरेका छन्। चलचित्रको कथा तराईमा आधारित भएकाले त्यस क्षेत्रको संस्कृतिलाई झल्काउने गरी यो डान्सिङ नम्बर तयार गरिएको देखिन्छ।

सुशान्त गौतमले निर्देशन गरेको यो चलचित्र उनको डेब्यु निर्देशन हो। फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फसेका एक व्यक्तिको संघर्षको कथा प्रस्तुत गरेको छ। चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको ‘अभिमन्यु : च्याप्टर–१’ को लेखन मुकेश खनालले गरेका छन् भने क्रिएटिभ निर्देशक मदन थापा हुन्। विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्।

चलचित्र भदौ २७ गते नेपालमा रिलिज हुँदैछ। यसको हिन्दी भर्सन भने असोज ६ गते (सेप्टेम्बर २२) मा विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माता विनोद पौडेलले जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू