यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।



चलचित्र ‘विवाह’मा काम गरेर चर्चामा रहेकी र दर्शकको मानसपटलमा छाएकी नायिका अमृता राव वैवाहिक जीवनमा बाँधिएपछि बलिउड चलचित्रबाट हराएकी छिन् ।

Advertisement
बलिउडका केही हिट चलचित्र दिएकी यी नायिकाले केही दिन अगाडि मात्र आफू आमा बन्न लागेको जानकारी सामाजिक संजालबाट दिएकी थिइन् । आर जे अनमोलसँग वैवाहिक जीवनमा बाँधिएको केही बर्षपछि अमृता आमा बनेकी छिन् ।
अमृताको टिमले सार्वजनिक गरेको विज्ञप्तीमा सोमबार बिहान उनले छोरालाई जन्म दिएको उल्लेख गरिएको छ । आमा र छोराको स्वास्थ्य अवस्था राम्रो रहेको भन्दै विज्ञप्तीमा आर्शिवाद दिने सबैलाई धन्यवाद दिइएको छ ।