Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

गायक सुनिल गिरीको ‘मसला’ बजारमा (भिडियोसहित)

Company Register

काठमाडौँ – लोकप्रिय पप गायक सुनिल गिरीको ‘मसला’ बजारमा आएको छ । गिरीले आफ्ना दर्शकका लागि दशैँको कोशेलीका रुपमा मसला भिडिायोसहित सार्वजनिक गरेका छन् ।

Advertisement

कोरोना कहरको समयमा पनि संगीत सृजनामा निकै तल्लिन गायक गिरीले आफ्नै निर्देशनमा तयार पारेको मसलामा सुनिललाई स्वरमा साथ पछिल्लो समय चर्चित गायिका एलिना चौहानको स्वर रहेको छ ।

सँधै नयाँ अनुहारलाई मात्रै आफ्नो गीतमा स्थान दिने गायक गिरीले यसपटक भने चर्चित अनुहार सुधिर श्रेष्ठ, बुद्धि तामागं, नायिका जेबिका कार्की र विशाल रेग्मीलाई आफ्नो भिडियोमा स्थान दिएका छन् ।

गायक स्वयमकै शब्द, संगीत र एरेन्ज रहेको गीतमा टिकटकबाट चर्चा कमाएका सुधिर र जेबिकाको जोडी गज्जब जमेको छ । सार्वजनिक गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् ।

विकाश दाहालको कलर र सम्पादन रहेको भिडियोको छायांकन चर्चित छायांकार हरि हुमागाईले गरेका हुन् । सुनिलकै कन्सेप्टमा तयार भएको मसला सुनिकै च्यान मार्फत सार्वजनिक गरिएको हो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...