हेटौँडाका गायक धिरेन लामालाई ‘पब्लिक च्वाईस अवार्ड’

अनलाइन पत्र संवाददाता२०७६-०४-२७ No Comments

गायक धिरेन लामालाई ‘बेस्ट मेल सिंगर–पब्लिक च्वाईस अवार्ड’ प्राप्त गरेका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी निवासी गायक लामाले थाईल्याण्डको बैँककमा जम्बुलिङ फिल्म्स प्रालिद्वारा आयोजित ‘जम्बुलिङ ईन्टरनेसनल अवार्ड २०१९’ अन्तर्गत उक्त अवार्ड प्राप्त गरेका हुन् ।

उनी लोक पप विधाबाट नोमिनेसनमा पर्दै उनको चर्चित गीत ‘लेककी कान्छी’ बाट अवार्ड जितेका हुन् । धिरेनकै शब्द तथा संगीतमा तयार भएको गीतलाई अमृत ल्वागुनले एरेञ्ज गरेका हुन् । गीतको म्युजिक भिडियोमा धिरेनसँगै सबिना ब्लोन र रमेश मोक्तानले अभिनय गरेका छन् । धिरेनले यही गीत समावेश ‘बेष्ट अफ लामा धिरेन’ एल्बमबाट औपचारिक रुपमा नेपाली साँगितिक आकाशमा पाईला चालेका हुन् ।

मकवानपुर तामाङ कलाकार समाजका संस्थापक अध्यक्ष समेत रहेका धिरेनले सेलो गीत, लोक सेलो , रक पप , आधुनिक लगायतका आधा दर्जनभन्दा बढी गीतमा आफ्नो आवाज दिएका छन् ।

Ad
Ad