तेलेगु स्टार प्रभासको बहुप्रतिक्षित सिनेमा ‘साहो’को ट्रेलर सार्वजनिक भएको छ। श्रद्धा कपुर र प्रभास स्टार र सिनेमालाई सुजिथले निर्देशन गरेका हुन्। एक्सनले भरिएको ट्रेलर २ मिनेट ४६ सेकेण्डको रहेको छ।

सिनेमामा श्रद्धा र प्रभास दुबै जना प्रहरीको भूमिकामा छन्। सिनेमामा प्रभास र श्रद्धाका अलावा चंकी पाण्डे, ज्याकी श्रफ तथा निलि नितिन मुकेशको प्रमूख भूमिका रहेको छ।सिनेमा अगस्ट ३० मा रिलिज हुँदैछ।