प्रताप दासको स्वरमा रहेको राष्ट्रिय गीत ‘जाग युवा हो’ सार्वजनिक (भिडियो सहित)

अनलाइन पत्र संवाददाता२०७७-०६-२१ No Comments

काठमाडौं – प्रताप दासको स्वरमा रहेको राष्ट्रिय गीत ‘जाग युवा हो’ सार्वजनिक भएको छ । इन्दु दनुवारको शब्द, सुरज लामिछानेको संगीत तथा कथा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

यादव पुडासैनीको निर्देशन, नारायण रिजालको कोरियोग्राफी र सुरजको सहनिर्देशन रहेको गीतको भिडियोमा दीलिप रायमाझी, इन्दु दनुवार, बालकलाकार आस्तिक रिजालले अभिनय गर्नुभएको छ ।

सुरेश बज्राचार्यको छायाँकन रहेको गीतको भिडियोमा अनिल कुमार महर्जनको सम्पादन छ । गीतले राष्ट्रियताका विषयमा अब युवहरू जाग्नु पर्ने सन्देश दिएको छ ।

भिडियो हेर्नुहोस्

Ad
Ad