बलिउड गायक टोनी नेपाल आउने

अनलाइन पत्र संवाददाता२०७६-०५-३१ No Comments

‘कोका कोला तु’, ‘धिमे धिमेु’, ‘मिले तो हुमु ओह हमसफर’ जस्ता चर्चित बलिउड गीतका गायक टोनी कक्कडको पहिलो पटक काठमाडौंमा लाइभ प्रस्तुति हुनेभएको छ। सि एन आई इभेन्ट्सको तर्फबाट आयोजना हुन लागेको टोनी कक्कड लाइभ इन नेपालुमा टोनीले प्रस्तुति दिनेछन्।

कार्यक्रम यहि सेप्टेम्बर १९ अर्थात असोज २ गते बिहिबार ठमेलस्थित क्लब फहरेन्हाइटमा हुनेछ। भिजिट नेपाल २०२० को अबसरमा हुन लागेको भनिएको उक्त कार्यक्रममा उपस्थित भइ साथ दिन टोनीले एक भिडियो सन्देशमार्फत आग्रह पनि गरेका छन्।

टोनीको कार्यक्रमको ओपनिङमा दि फ्रिकस्ट्रिट ब्याण्डले प्रस्तुति दिनेछ। कार्यक्रम बिहिबार साँझ ८ बजेबाट सुरु भइ बिहान ४ बजेसम्म चल्नेछ।

Ad
Ad