मकवानपुरे गायक सुर्य रुम्बाको ‘प्रेमको रंग’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार जुम मिटिङ्ग मार्फत पत्रकार सम्मेलन गर्दै गीतको म्युजिक भिडियो रुम्बा टिभि युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । गायक रुम्बा रोजगारीको शिलशिलामा दक्षिण कोरिया रही नेपाली गीतसंगितलाई माया गर्दै उनले दर्शक श्रोताहरु माझ नयाँ नयाँ कोशिलीहरु लिएर आउने गरेका छन् ।

गीतको म्युजिक भिडियोमा गायक रुम्बा , पारु स्याङतान र ज्योति लामाको अभिनय, गायक रुम्बाकै स्वर र आरबी सिङ्दानको शब्द तथा संगीत रहेको छ । म्युजिक भिडियोलाई बिशालराज राईको सम्पादन, अमिर योन्जनको छायांकन, गौतम गोलेको ड्रोन सम्पादन रहेको गायक रुम्बाले जानकारी दिएका छन् । गीत बबलगम स्टुडियो, दक्षिण कोरियामा रेकर्डिङ गरिएको छ । म्युजिक भिडियोको निर्देशन शुभराज भोम्जन (भिसन) ले गरेको छ ।

हेनुहोस् भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4298 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू