अभिनेत्री प्रियंका कार्की आमा बन्दैछिन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफू गर्भवती भएको खुलाएकी हुन्।

प्रियंकाले श्रीमान आयुष्मान देसराज जोशीसँग खिचाएको गर्भवती भएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन्। उक्त पोष्टमा फरक शैलीमा उनले लेखेकी छिन्, ‘अब सोध्न छोड्नुहोस्। हो, हामी प्रेग्नेन्ट भएका छौं।’

सन् २०२० को फेब्रुअरी २८ मा प्रियंका र आयुष्मान विवाह बन्धनमा बाँधिएका थिए।

https://www.facebook.com/PriyankaKarkiofficial/posts/299169728240949