धुर्मुस-सुन्तलीको नयाँ फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक (भिडियो)

Company Register

फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ । हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को मूख्य भूमिका रहेको यस फिल्मको ट्रेलर बुधबार युट्युबमा सार्वजनिक भएको हो ।

Advertisement

ट्रेलरमा धुर्मुस र सुन्तलीको बैबाहिक जीवनमा आउने उचाव-चढाव देखाइएको छ । धुर्मुस-सुन्तलीकै लेखन र निर्देशन रहेको यस फिल्ममा धुर्मुस र सुन्तलीसँगै बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय रहेको छ ।

ya thau khali xa

फिल्म ओटीटी प्लेटफर्म ‘ओ हो मूभि’मा रिलिज हुने बताइएको छ । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, स्वेत्ना योञ्जनको कोरियोग्राफी रहेको छ । पछिल्लो समय अभिनय भन्दा पनि समाज सेवामा बढी क्रियासिल धुर्मुस–सुन्तलील अहिले भरतपुरको चितवनमा  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका छन् । सीतारामले कोरोना अगाडि फिल्म ‘सेन्टीभाइरस’ निर्माण गरेका थिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...