Comments Add Comment

गरिमा शर्मा अभिनित  गायक पवन विष्टको ‘किन किन’ ( भिडियो )

काठमाडौं । गायक पवन विष्टको  सुमधुर स्वरमा सजिएको ‘किन किन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा वरिष्ठ गीतकार विजय शिवाकोटीको शब्द रहेको छ।  संगीतकार राजु सिंहले संगीतवद्द गरेको गीतलाई गोपाल रसाइलीले संगीत संयोजन  गरेका हुन् ।

गीतमा  प्रविशा अधिकारीको समेत  स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा स्वयम गायक विष्ट, नायिका गरिमा शर्मा र सन्तोष बानियाँको पनि अभिनय छ । भिडियो सन्तोष सेनको  परिकल्पना र निर्देशनमा तयार पारिएको हो ।

भिडियोमा महेश पौडेलको सिनेटोग्राफी छ भने सम्पादन र रंग सयोजन कृष्ण भण्डारीले गरेका छन् । ब्राडफोर्ड ग्लोबलको प्रस्तुति र  प्रेम पुरी निर्माता रहेको गीतलाई ‘नोभिस आर्ट’को  युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । नोभिस आर्टले यसअघि  ‘घाम छायाँ’, ‘तिमी बिना’ बोलको म्युजिक भिडियोहरु निर्माण गरिसकेको छ।  

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै