हेटौंडा–१५ चुरियामाईमा गएराती देखि बिग्रीएर सडकमा तेर्सोे परेको भारतिय कन्टेनर अगाडी बडाउन खोज्दा पल्टिएर दुईजनाको मृत्यु भएको छ । मालवाहक कन्टेनरलाई पूर्व पश्चिम राजमार्ग अन्तरगत चुरीयामाइको उकालोमा अगाडी बढाउन खोज्दा पछाडी हट्दा अरु थप पाँचवटा गाडीलाई ठक्कर दिएको थियो ।
एकले अर्को गाडीलाई ठक्कर दिएका कारण दुईजनालाई गाडीले थिचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । राजमार्ग खुलाउन खोज्दा कन्टेनर चालकको नियन्त्रणमा आउन नसक्दा अरु पाँच वटा सवारीका साधनलाई ठक्कर दिएको छ ।
भारतको रक्सौलबाट हेटौंडा तर्फ आउँदै गरेको भारतीय मालवाहक कन्टेनरले थिचेर २ जनाको मृत्यु भएको हो । दुर्घटनाबाट मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ सिमेन्ट रोड बस्ने सुजना ढकाल रहेका छन् भने एक जनाको सनाखत हुन सकेको छैन् । ढकाल अटो चालक हुन् । सडकमा सोमबार राति साढे ११ बजे सामान बोकेको एमएल ०१ बि ८०३१ नम्बरको भारतीय नम्बर प्लेटको कन्टेनर राजमार्ग मै विग्रिएर सडक संचालनमा समसया परेको थियो ।
सो कन्टेनरलाई क्रेनको सहायताले मुल सडकमा ल्याएर अगाडी बडाउने क्रममा कन्टेनर तल झरेको उहाँले बताउनुभयो । मृत्यु हुने दुबै जनालाई कन्टेनरले थिचेरे मृत्यु भएको हो । कन्टेनर उचालेर किनारा लगाउने क्रममा राजमार्गमा गुडिरहेको अटो, सुमो र मोटरसाइकललाई थिचेको थियो ।
दुर्घटनाबाट ९ जना घाईत भएका छन् । घाईते मध्ये एक जनाको अवस्था गम्भीर रहेका छन् । उनको चुरेहिल अपस्तालमा उपचार हुन नसकेपछि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अन्य घाईतेहरुको भने हेटौंडा अपस्तालमा उपचार भएपश्चात घर फर्किएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।