चितवनमा आक्रमण घाइते भएका ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई ट्रमा सेन्टरमा थप उपचारको लागि भर्ना गरिएको छ । गम्भिर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारको लागि भर्ना गरिएको सुरक्षाको कारण देखाउँदै उनलाई काठमाडौं रेफर गरिएको हो ।

आक्रमणबाट शाहीको टाउँकोमा चोट लागेको छ । शाही कुटिएपछि सामाजिक सञ्‍जालमा सो घटनाप्रति चर्को आलोचना भइरहेको छ। राप्रपा राष्ट्रवादीका अध्‍यक्ष एवं प्रकाशचन्द्र लोहनीले शाहीमाथिको आक्रमण फासिष्ट प्रवृति भएको बताएका छन् ।

उनले भनेका छन्, ‘ज्ञानेन्द्र शाही भ्रस्टाचार विरोधि देशभक्त नेपाली नागरिक हुन्। उनीमाथि जुन सांघातिक प्रहार गर्ने क्रिया भयो त्यो फासिस्ट, अरिङगाले प्रवृत्ति हो। यसको बिरुद्ध सबै दलमा रहेका युवा हरुले वि८रोध गर्न अब पछि हट्नु हुदै न।’ देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्दै आइरहेको नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुर चौविसकोठीमा शनिबार भ्रष्टाचार विरोधी कार्यक्रमको आयोजना गरेको थियो।सोही कार्यक्रममा सहभागि हुन गएका शाही चढेको गाडि माथि पूर्वमाओवादी निकट वाईसीएलले शाहीलाई निर्घात कुटपिट गरेको नेपालका लागि नेपाली अभियानका संयोजक वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिएका छन् ।