यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।


सञ्चारकर्मी मनोज दाहालको तिहार विशेष म्युजिक भिडियो रमाइलो तिहार सार्वजनिक भएको छ । सञ्चारकर्मी दाहालकै शब्द तथा सङ्गीत रहेको गीतको निर्माण वीरेन्द्र दंगालले गरेका हुन् ।

Advertisement
गीतको स्वरमा दाहाललाई गायिका हेमन चाम्लिङ राईले साथ दिएकी छन् । पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्ज रुद्र श्रेष्ठले गरेका हुन् ।
इटहरीमा छायाङ्कन भएको उक्त म्युजिक भिडियोको नृत्य निर्देशन तथा निर्देशन विकल श्रेष्ठले गरेका हुन् भने सम्पादन पनि निर्देशक श्रेष्ठले नै गरेका हुन् । कवल विश्वासको छायाङ्कन रहेको भिडियोलाई परिकला मिडिया प्रालीबाट पोस्ट प्रोडक्सन गरिएको हो ।
विशेष अनलाइन टिभीबाट सार्वजनिक गरिएको भिडियोमा गायक दाहालसँगै अंशु अधिकारी,धिरज पुरी, विजया नेपाल,बाबुराम सुबेदी,गणेश निरौला,एस बि अनुरागी लगायतको अभिनय रहेको छ ।