2025-11-10 4:00 pm

लाखौँ रुपैयाँको ब्ल्याकमेल गर्ने?- विराज भट्ट

Video Description

अभिनेता विराज भट्टले अनावश्यक दुख दिने नियत राखेर गीतका विवाद तन्काइएको बताए। मंगलबार काठमाण्डौँमा पत्रकारहरुसंग कुरा गर्दै विराजले आफूहरुको गीतको बारेमा अनावश्यक लफडा सिर्जना गर्न खोजिएको जिकिर गरे। विराज भन्छन्, मैले संगीतकार सुरेश अधिकारी दाईसंग गीत लिएको हो। गीत सार्वजनिक भएपछि सिधै हनुमान ढोकामा उजुरी गरिएको छ। के रहेछ त भनेर सुदीप भुपालसंग छलफलका लागि […]

अभिनेता विराज भट्टले अनावश्यक दुख दिने नियत राखेर गीतका विवाद तन्काइएको बताए। मंगलबार काठमाण्डौँमा पत्रकारहरुसंग कुरा गर्दै विराजले आफूहरुको गीतको बारेमा अनावश्यक लफडा सिर्जना गर्न खोजिएको जिकिर गरे।

विराज भन्छन्, मैले संगीतकार सुरेश अधिकारी दाईसंग गीत लिएको हो। गीत सार्वजनिक भएपछि सिधै हनुमान ढोकामा उजुरी गरिएको छ। के रहेछ त भनेर सुदीप भुपालसंग छलफलका लागि लामै समय पनि बसेँ। तर उहाँले ठूलो रकम माग्नु भयो। पहिलो कुरा त उहाँको नाम रचनाकारमा छुटिएको हो। यसमा कुनै नियत नभई मानविय त्रुटी थियो। यसका लागि पहिला हामीलाई जानकारी गराउन सकिन्थ्यो। अर्को कुरा उहाँसंगको छलफलमा हामीले नयाँ गीत गराउनका लागि खर्च दिन समेत तयार भएँ। तर उहाँको माग त लाखौँ रुपैयाँ देखियो। यो त सिधै ब्ल्याकमेल भयो नी।

यता संगीतकार सुरेश अधिकारीले आफूहरु वीच सहमती भएको जिकिर गरे। मानविय त्रुटीलाई यती ठूलो विवाद बनाउन आवश्यक नभएको अधिकारीको भनाई रहेको छ। गीतको पुर्ण जानकारीमा सुदीप भुपाल र आफ्नो नाम रहने बताए। अधिकारी भन्छन्, विचारा ति नयाँ गायक भाई निशान भट्टराईले कहाँबाट गीत लेख्नु? उहाँको नाम रचनाकारमा आएको छ। यसको मतलव प्राविधिक त्रुटी हो भन्ने सामान्य दिमाग लगाउन सकिन्छ।

‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतको शब्द चोरिएको भन्दै सुदीपले संगीतकार सुरेश अधिकारी, गायक निशान भट्टराई र फिल्म निर्माण कम्पनी विरुद्ध शुक्रबार महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका थिए। तिन बर्ष अगाडीनै कम्पोज गर्नका लागि सुरेशलाइ दिएको गीत सिनेमा ‘रुद्रप्रिया’ मा राख्ने कुरा भएको थियो। रुद्रप्रियामा गीत नआटेपछि अचानक बिना कुनै अनुमति गीत प्रयोग गरिएको सुदीपको आरोप छ। उनले आफुलाई जानकारी नदिएको साथै गीतमा क्रेडिट समेत नदिएको बताएका छन्। गीतको पोस्टरमा रचनाकार सुरेश उल्लेख छ भने युट्युवमा निशान भट्टराइ ।

About the Author

Ad
Ad