चलचित्र ‘सेन्टी भाइरस’को इन्टरनेशनल राइट्स १ करोड १५ लाखमा बिक्री भएको छ । हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले निर्माण गरेको चलचित्रको इन्टरनेशनल राइट्स अहिले सम्मकै सर्वाधिक महँगोमा बिक्री भएको हो ।
चलचित्र ‘सेन्टी भाइरस’ १ करोड १५ लाख रुपैयाँ मा अमेरिकाको नेप्सिने कम्पनीले खरिद गरेको छ । जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागी सुविहानी फिल्मस् को ब्यानरमा निर्माण भएको चलचित्र ‘सेन्टी भाइरस’को इन्टरनेशनल राइट्स नेपाली मूल्य रु १ करोड १५ लाख रुपैयाँमा अमेरिकाको नेप्सिने कम्पनीले खरिद गरेको छ ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल र कुञ्जना घिमिरेका साथमा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ । सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी छ भने फुर्पा लामा सह-निर्मातामा रहेका छन् । ‘सेन्टी भाइरस’मा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




