हेटौंडा – माघ ४ गते हेटौडामा तेस्रो लिङ्गी अजिता भुजेलको हत्या गर्ने समुह मकवानपुर प्रहरी र अपराध महाशाखा टेकुको टोलीले पत्ता लगाई आज पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ ।

अभियोगमा पक्राउ पर्नेमा हेटौंडा-९ का १८ बर्षीय सिमोन परियार, हेटौंडा-४ का २५ बर्षीय सुशील थापा मगर, हेटौंडा-११ की २० बर्षीया एलिसा पाख्रिन, हेटौंडा-४ का २४ बर्षीय आशिष बल र हेटौंडा-४ का २१ बर्षीय बुद्ध लामालाई सार्वजनिक गरेको हो । 

हत्या गर्दा प्रयोग गरिएको ना ६ ख ६५२७ नम्बरको आइचर ट्रक र भुजेलको ओप्पो कम्पनीको मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शुसिलसिं राठौंरले बताए ।