आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुरको क्षेत्र नं. २ बाट नेकपा एकिकृत समाजवादी पार्टीले प्रतिनिधिसभाको सदस्यका लागि विरोध खतिवडालाई सिफारिस गरिएको छ ।

शनिबार भएको क्षेत्रीय कमिटि बैठकले प्रतिनिधिसभा सदस्यको लागि खतिवडालाई सिफारिस गरेको एकिकृत समाजवादी मकवानपुरका जिल्ला सचिव विष्णु दाहालले बताए । बैठकले प्रतिनिधिसभाको लागि समानुपातीक तर्फ केदार न्यौपाने, मुनु सिग्देल, राजाराम स्याङ्तान तथा राष्ट्रिय सभाको लागि ललित बस्नेतको नाम सिफारिस गरेको छ । क्षेत्र नंबर १ को भने आगामी ७ गते बस्ने क्षेत्रीय कमिटिको बैठकले नाम सिफारिस गर्ने दाहालको भनाई रहेको छ । खतिवडा चार पटक प्रतिनिधिसभा सदस्य भैसकेका छन् ।