हेटौंडाबाट मकवानपुर प्रहरीले ठुलो परिणामको लागु औषध सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले लागु औषध नाईट्राभेट ४८० ट्याबलेट, पाईभन क्याप्सुल ४८०,डाइलेक्स डिसि १ बोटल सहित २ जनालाई पक्राउ गरेको हो ।

विरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ३ ख ५५९३ नंबरको पेट्रोलियम पदार्थ लोड भएको ट्याङकरलाई रोकी चेकजाँच गर्ने क्रममा लागु औषध सहित हेटौँडा– ४ बस्ने प्रमेश कुमार श्रेष्ठ तथा हेटौँडा– ५ बस्ने दिप पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ना ३ ख ५५९३ नंबरको ट्याङकर समेत नियन्त्रणमा लिएको छ ।