प्रेस संगठन मकवानपुरको संयोजकको जिम्मेवारी धर्मेन्द्र दाहाललाई दिईएको छ । प्रेस संगठन नेपाल, बागमती प्रदेश कमिटीको मंगलबार बसेको बैठकले प्रदेश भित्रका १० जिल्लाका संयोजक र सह–संयोजकको जिम्मेवारी हेरफेर गरे संगै मकवानपुरको संयोजकको जिम्मेवारी दाहालले पाएका हुन् । यसैगरि बैठकले सह–संयोजकको जिम्मेवारी पुष्पराज अधिकारीलाई दिएको छ ।

यसैगरि बैठकको निर्णयले चितवनको जिल्ला संयोजकमा सुबास पण्डित र सह(संयोजकमा कृष्ण आचार्यलाई चयन गरेको छ । त्यसैगरि काभ्रेपलान्चोकको संयोजकमा भुवन रायमाझी र सह(संयोजकमा राम शुन्दर आचार्यलाई जिम्मेवारी दिईएको छ । सिन्धुपाल्चोकको संयोजकमा बिदुर आचार्य र सह(संयोजकमा नानीराम नेपाललाई जिम्मेवारी प्रदान गरेको छ । दोलखाको संयोजकमा प्रभु जिरेल, सह(संयोजकमा ताराबहादुर महत चयन भएका छन भने रामेछापको संयोजकमा बिफा तामाङ घिसिङ र सह(संयोजकमा मेखबहादुर बिकलाई जिम्मेवारी प्रदान गरेको छ । सिन्धुलीको संयोजकमा बुद्ध अछामी, सह(संयोजकमा बिनय दाहाल ९वाईबी० तथा रसुवाको संयोजकमा बलराम घिमिरे र सह संयोजकमा प्रेम पौडेललाई जिम्मेवारी दिईएको छ ।

सो बैठकले धादिङको संयोजकमा सरोज पौडेल र सह(संयोजकमा राजन सिल्वाल तथा नुवाकोटको संयोजकमा नवदिप अजनवी र सह९संयोजकमा रुपा अर्याललाई जिम्मेवारी दिईएको छ । काठमाडौंमा सम्पन्न प्रेस संगठन नेपाल, बागमती प्रदेश कमिटीको बैठकले १ हप्ता भित्र प्रदेश भित्रका जिल्ला कमिटीको सदस्यहरुको पनि पुर्णता दिई नामावली पठाउन निर्देशन दिएको छ । सो बैठकले आगामी फाल्गुनको दोस्रो हप्ता भित्र प्रेस संगठन नेपालको बागमती प्रदेश स्तरिय भेला गर्ने समेत निर्णय गरेको छ । साथै बैठकले सरकारले निशुल्क उपलब्ध गराउने कोरोनाको खोप सम्पुर्ण जिल्लामा सबै पत्रकारहरुलाई तुरुन्त लगाउनका लागि आबश्यक ब्यबस्था मिलाउन अनुरोध गर्ने समेत निर्णय गरेको छ ।