सनराईज युथ क्लवको आयोजनामा मकवानपुरगढीमा जारी गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाईनलमा आमभञ्ज्याङ्ग युवा क्लव (ए) र जुनतारा युवा क्लव फाईनल प्रवेश गरेको छ । बुधबार भएको सेमिफाईनल खेलमा आमभञ्ज्याङ्ग युवा क्लवले नागरिक सचेत (सुकौरा) लाई २५–२३ , २५–१४ र २५ –२२ को सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।

त्यस्तै जुनतारा युवा क्लवले बुढिचौरलाई २५–१४ , २५–२१ , २४–२६ र २५–१२ को कठिन जित निकाल्दै फाईनल प्रवेश गरेको हो । फाईनल खेल भोली अर्थात असोज–१३ गते दिउँसो २ बजे हुने क्लवका अध्यक्ष अशोक स्याङ्तानले जनाएको छ । खेल असोज ११ गतेदेखि मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ६ स्थित डुम्रेकुनामा रहेको क्लवको आफ्नै खेल मैदानमा सञ्चालन भईरहेको छ । मकवानपुरगढी गाउँपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन भईरहेको हो ।

No description available.

नेपालीहरुको महान चाड बिजया दशमी , दिपावली तथा छठ पर्वको अवसरमा सधैंका वर्षहरुमा झै यस वर्षपनि प्रतियोगिता आयोजना गरेको क्लवका अध्यक्ष स्याङ्तानले बताए । अध्यक्ष स्याङ्तानका अनुसार स्थानीय स्तरमा छरेर रहेका उदयमान युवा खेलाडीहरुको पहिचान तथा प्रोत्साहन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्मको खेल खेल्न सक्ने खेलाडी उत्पादन गर्नको लागि टेवा पुग्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा पालिकाभित्रका ७ टिमले सहभागिता जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद ३० हजार तथा शिल्ड , मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद २० हजार तथा ट्रफी, मेडल , प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगिताभर उत्कृष्ट खेलाडीहरु विशेष प्रोत्साहन प्रदान गरिने आयोजकले जनाएको छ ।